Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झापामा ओलीको आश्वासन : पानीजस्तो घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २६ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब सिलिन्डर पनि नचाहिने गरी घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिने बताएका छन्।

सोमबार झापामा घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्यासको वितरणबारे बोलेका हुन्। नेपालमै खाना पकाउने ग्यास निस्किन लागेको बताए।

दैलेखको ग्यास उत्खनन् बन्द गरिएकोमा असन्तुष्टि जनाउँदै काम थाल्नुपर्ने बताए। ‘अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ। त्यो ग्यास निकाल्नुपर्छ,’ ओलीले भने।

दैलेखमा ग्यास निकाल्न सुरु गरेपछि विदेशबाट आयात रोकिने उनको भनाइ थियो। ‘पानीजस्तो ट्यांकमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्‍याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन,’ ओलीले भने।

यसअघि गुइँठा बाल्ने विषयमा दिएको अभिव्यक्तिका विषयमा पनि उनले प्रस्टीकरण दिए। त्यसमा आफूले अपमान गर्न नखोजेको आसय प्रकट गर्दै ओलीले भने, ‘संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ, मान्छेहरूलाई अलमलमा पारेर, हाम्रो बेइज्जत गर्‍यो, हामीलाई गुइँठा बाल्ने भन्यो भनेर भन्छन्। दाउरा पनि बाल्ने होइन, अब अब बिजुली बाल्नेतिर पुग्नुपर्छ।’

केही दिनदेखि उनी झापा-५ मा घरदैलो अभियानमा व्यस्त रहेका छन्। उनी यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदावर बनेका छन्।


प्रतिकृया दिनुहोस्