Skip

Hamro Sanchar

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २५ गते


काठमाडौं । विवादास्पद अभिव्यक्ति र कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको रोहबरमा उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। प्रसाईंलाई शुक्रबार मात्रै प्रहरीले दक्षिणकालीको चाल्नाखेलबाट नियन्त्रणमा लिएको थियो।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पिछा गरेर समातेको थियो ।

पछिल्लो समय राजसंस्था पुनर्स्थापनाु र हिन्दू अधिराज्युको एजेन्डा लिएर देशका विभिन्न भागमा प्रदर्शन गर्दै हिँडेका प्रसाईंले उत्तेजक अभिव्यक्ति दिएको र शान्ति सुरक्षामा खलल पुर्‍याएको प्रहरी दाबी छ। १९ माघमा चितवनमा आयोजित एक कार्यक्रममा उनले ुपहिला हिन्दू अधिराज्य, अनि मात्र निर्वाचनु भन्दै अभिव्यक्ति दिएका थिए। उक्त कार्यक्रमका क्रममा उनले प्रशासनले तोकेको निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि स्थिति केही समय तनावपूर्ण बनेको थियो।

यसअघि पनि पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका प्रसाईंले बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा हुनुपर्ने भन्दै ुराष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानु सञ्चालन गर्दै आएका छन्।

सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि तत्काल हिरासतमा राख्न आवश्यक नदेखेपछि उनलाई आइतबार साँझ छाडिएको हो। यद्यपि, अनुसन्धान प्रक्रिया जारी रहने र प्रहरीले बोलाएको समयमा उपस्थित हुनुपर्ने सर्तमा उनलाई छाडिएको ब्युरोले जनाएको छ ।


प्रतिकृया दिनुहोस्