Skip

Hamro Sanchar

धादिङमा दुई बस ठोक्किँदा एकजनाको मृत्यु, चिया पसलमा क्षति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २५ गते


मलेखु । धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेँसीनजिकै दुई यात्रुवाहक बस एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।

काठमाडौंबाट रसुवाका निम्ति छुटेको वाग्मती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आइतबार ९माघ २५० बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा एकजनाको मृत्यु भएको र उनको पहिचान हुन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक शिशिर थापाले बताए ।

ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उनले जानकारी दिए ।

प्रहरी निरीक्षक थापाले भने, “मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको संख्या यकिन भइसकेको छैन । अहिले उद्धारकार्य जारी छ ।


प्रतिकृया दिनुहोस्