Skip

Hamro Sanchar

प्रदीप अधिकारीलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २३ गते


काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्दै फुयाल र थापाको इजलासले धरौटीमा छाड्न अस्वीकार गरेको हो ।

अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अधिकारीलाई थुनामा पठाउने आदेश यसअघि नै भइसकेको थियो ।


प्रतिकृया दिनुहोस्