Skip

Hamro Sanchar

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २३ गते


काठमाडौं । रौतहटमा चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका कार चालकविरुद्ध ५ दिन म्याद थप भएको छ ।

बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक रौतटहकै परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएको बताए ।

मुस्ताखले चलाएको कारलाई बिहीबार २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो ।

उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको छ । उनकै चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो । त्यतिबेला कारमा भने सगिर सवार नरहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्