Skip

Hamro Sanchar

गगन थापाले भने : नारा नै लगाउने भए अबकी बार सय पार भन्ने लगाउनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २३ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने अबकी बार सय पारुको नारा लगाउनुपर्ने बताएका छन्।

आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका हुन्।

‘अस्ती मधेसमा जाँदै गर्दा मैले साथीहरूलाई भनेको छु- अबकी बार यो सरकार भन्ने नारा लगाउन छाडिदिनुस्,’ उनले भने, ‘नारै लगाउने भए अबकी बार सय पार भन्ने नारा लगाउनुस्।’ यस नाराअनुसार अघि बढ्न सकिने पनि उनले बताए।

‘बहुमतसम्म पुग्न सकिन्छ,’ सभापति थापाले भने, ‘तर दुस्ख गर्नुपर्नेछ। मेहनत गर्नुपर्नेछ। पार्टीको प्रत्येक सदस्यले म नै उम्मेदवार हो भन्ने ठानेर मेहनत गरौं। टोलसम्म संगठन भएको पार्टी हो यो।’ उनले देश सम्हाल्ने र व्यवस्था सुधार्ने पनि बताए।


प्रतिकृया दिनुहोस्