Skip

Hamro Sanchar

रवि लामिछाने र कांग्रेसकी उमेदवार मीनाबीच जम्काभेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २३ गते


काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ का दुई प्रतिस्पर्धी उमेदवारबीच जम्काभेट भएको छ ।

शुक्रबार (माघ २३) चुनावी प्रचारप्रसारका क्रममा भरतपुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी मीना खरेलबीच जम्काभेट भएको हो ।

त्यसक्रममा दुवैजनाले हात मिलाएर एकार्कालाई शुभकामना दिएका थिए ।दुवै उमेवारले स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुने प्रतिबद्धता पनि व्यक्त गरे ।

चितवन–२ बाट यसअघिका दुई निर्वाचनमा लामिछाने अत्यधिक मतसहित विजयी भएका थिए ।


प्रतिकृया दिनुहोस्