
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाउने कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबारमा पनि आगजनी गरिएको थियो। सिंहदरबारमा आगजनी गर्ने व्यक्तिहरू खोजी गर्ने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले बिहीबार एक युवकलाई पक्राउ गरेको हो।
चितवनको चैरहनी नगरपालिका-९ घर भई हाल काडमाडौँ महानगरपालिका-२९, अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ परेका हुन्। उनलाई बिहीबार नै अदालतमा उपस्थित गराएर पाँच दिन हिरासतमा राख्न अनुमति लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
एसपी भट्टराईका अनुसार, पक्राउ परेका गौतमलाई आपराधिक उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको छ ।

















