Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहटमा ४ वर्षीया बालिकाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २२ गते


Advertisement

काठमाडौं । रौतहटको निर्वाचन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

सो निर्वाचन क्षेत्रमा पर्ने इशनाथ नगरपालिका २ मटिया टोलमा स्थानीय मोहम्मद सगिरकी ४ वर्षीयाा छोरी अल्फा खातुनको निर्वाचन प्रचार प्रसारमा रहेको गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले दिएको जानकारी अनुसार बा १५ च ४२४४ नम्बरको गाडीको ठक्करबाट सडक किनारमा खेली रहेकी बालिका खातुन घाइते भएकी थिइन्।

गाडी चालकले नै गाडीमा लगी गौरस्थित अस्पतालमा पुर्‍याएको र उनको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ठक्कर दिने गाडी नियन्त्रणमा लिएको छ। तर चालक भने बालिकालाई अस्पताल पुर्‍याएर फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको डीएसपी बस्यालले जानकारी दिए।

प्रहरीका अनुसार गाडीमा कुनै झण्डा वा पर्चा पम्पलेट भेटिएको छैन। तर स्थानीयले उक्त गाडी रास्वपाका उम्मेदवारको भएको बताएका छन्।

स्थानीयका अनुसार घटनाका क्रममा गाडीमा रास्वपाको झण्डा लगाइएको थियो। घटनापछि झण्डा फालेको हुन सक्ने आशंका गरिएको छ।

सो क्षेत्रमा रास्वपाबाट शेख सगिर उम्मेदवार रहेका छन्। अहिले सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।


प्रतिकृया दिनुहोस्