Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चुनावी अभियानका लागि चितवन पुगे रवि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी अभियानका लागि चितवन पुगेका छन्।

खुट्टाको चोटका कारण काठमाडौँमा उपचार गरिरहेका लामिछाने बिहीबार दिउँसो चितवन पुगेका हुन्।

उनको स्वागतका लागि भरतपुर विमानस्थलमा रास्वपा नेता तथा कार्यकर्ता र समर्थकको भीड लागेको थियो।

उनी चितवन-२ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन्।

गत माघ ५ गते जनकपुरधाममा आयोजित सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो। संक्रमण बढेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षिण अस्पतालमा उपचार गरेका थिए।

उनी चितवनमा हुने चुनावी कार्यक्रममा सहभागी हुने जनाइएको छ। रास्वपाले उनको क्षेत्रमा घरदैलो अभियान सुरु गरेको छ ।


प्रतिकृया दिनुहोस्