Skip

Hamro Sanchar

डस्टबिनबाट सुन निकाल्दै गर्दा विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २१ गते


काठमाडौं । डस्टबिनबाट सुन निकाल्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालिका कर्मचारी ४० वर्षीय डिकबहादुर राउत छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ४.४ ग्राम सुन बरामद गरेको छ । डस्टबिनको फोहोर बाहिर फाल्न ल्याउँदै गर्दा प्रहरीले जाँच गर्दा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

यस्तै दुबईबाट नेपाल आउँदै गरेका एक भारतीय नागरिकको साथबाट समेत प्रहरीले एक सय ग्राम सुन बरामद गरेको छ ।


प्रतिकृया दिनुहोस्