Skip

Hamro Sanchar

इन्जिनमा आगोपछि डाइभर्ट भएको टर्किस एयरको जहाज कलकत्तामा अवतरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २१ गते


काठमाडौं । काठमाडौंबाट टर्कीको इस्ट्यानबुलका लागि उडेको जहाज इन्जिनमा आगो लागेपछि कलकत्ता डाइभर्ट गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

काठमाडौंबाट दिउँसो १३ः२९ मा उडान भरेको टीके–७२७रए३३३ उडान नम्बरको जहाजको दायाँ इन्जिनमा ‘फायर रिपोर्टिङ’ भएको कार्यालयले उल्लेख गरेको छ।

काठमाडौं एप्रोच कन्ट्रोलमा उक्त रिपोर्टपछि जहाज कलकत्ता डाइभर्ट भएको विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

त्यसपछि केही समय होल्ड गरी कलकत्ता डाइभर्ट भएको जहाज नेपाली समयअनुसार अपराह्न ३ः०३ मा विमानस्थलमा सकुशल अवतरण गरेको हो।

जहाजमा २२५ यात्रु र चालक दलका ११ गरी जम्मा २३६ जना रहेका थिए ।


प्रतिकृया दिनुहोस्