Skip

Hamro Sanchar

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले उपाध्यक्ष थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २१ गते


काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको आरोप लगाएका छन् ।

एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा च्यासलमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आरोप लगाएका हुन् । “निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनुभएको छ ।

केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो,” उनले भने ।

उनले निर्वाचनमा अनेक षडयन्त्र गर्ने,दलहरूलाई विवादमा तान्ने, न्यालयमा आफ्नो छाया पार्ने काममा सरकार तल्लीन रहेको बताए ।


प्रतिकृया दिनुहोस्