Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यसपटक काठमाडौं १ बाट जित्छु भन्नेमा ढुक्क छु : रवीन्द्र मिश्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २० गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले चुनावको मिति केही पर सर्नुपर्ने बताएका छन्। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

तर मिश्रले चुनाव केही पर सारेर त्यसअघि देश नवीन समझदारीको बाटोमा जानुपर्नेमा जोड दिए।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले चुनाव केही दिन सरोस् भन्ने व्यक्तिगत चाहना रहेको बताएका हुन्।

पत्रकारले उनलाई ‘फागुन २१ गते चुनाव हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ’ भन्ने प्रश्न गरेका थिए। उक्त प्रश्नमा जबाफ दिँदै मिश्रले भने, ‘यो पटक काठमाडौं १ बाट विजय हुन्छु भन्नेमा विश्वस्त छु। काठमाडौं १ मा विभिन्न पार्टीमा भोट हालेका मतदाताले व्यापक रूपमा कार्यक्रम गरिदिनुभएको छ। २ पटक झिनो मतले हारेको र अब जित्छु भन्ने मलाई आत्मविश्वास छ, म खुसी छु।’

साथै उनले आफूले जित्ने तर राप्रपाले चाहेको एजेन्डामा देशलाई लैजान नसके देशको हित नहुने पनि बताए।

‘मैले जित्ने तर हाम्रो पार्टीले चाहेको एजेन्डामा यो देशलाई लान सकेन भने देशको हित हुँदैन भन्नेमा प्रष्ट छु। त्यसकारण चुनाव बरू अलिकति पर सरोस्। चुनावअघि नै देश नवीन समझदारीमा जाओस्,’ मिश्रले भने, ‘म जित्छू भन्ने कुरामा शतप्रतिशत सिओर हुँदाहुँदै फागुन २१ को निर्वाचन अलिकति सरोस् र देश नवीन समझदारी बाटोमा जाओस् भन्ने व्यक्तिगत चाहना छ।


प्रतिकृया दिनुहोस्