Skip

Hamro Sanchar

काठमाडौंमा डोजर चलाइएको बारे झापाका सुकुम्वासी समक्ष बालेनको स्पष्टीकरण : उहाँहरूको ज्यान जोगाउन हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २० गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापाका सुकुम्वासी बस्तीबाट दोस्रो चरणको घरदैलो अभियान थालेका छन् ।

मंगलबार (माघ २०) बिहानदेखि उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गतको कमल गाउँपालिकास्थित सुकुम्वासी बस्तीबाट घरदैलो सुरु गरेका हुन् ।

त्यसक्रममा स्थानीयले काठमाडौंका सुकुम्वासी बस्तीजस्तै झापामा पनि डोजर चलाउने हो कि भन्दै बालेनसामु शंका व्यक्त गरेका थिए । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा थापाथलीको सुकुम्वासी बस्तीमा डोजर चलाउने प्रयास गर्दा दुई पक्षबीच झडप भएको थियो ।

स्थानीयको प्रश्नमा जवाफ दिँदै बालेनले काठमाडौंमा डोजर मानिसलाई दुःख दिन नभएर खोलाछेउमा जोखिममा बसेकालाई सुरक्षित स्थानमा राख्न प्रयोग गरिएको बताए । “काठमाडौंमा खोलाछेउको सार्वजनिक जग्गा हो । उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ । त्यहाँभन्दा माथिसम्म नै पुग्छ । त्यसैले त्यहाँबाट सुरक्षित ठाउँमा राख्नुपर्‍योे भनेर गरिएको हो,” उनले भने ।

झापामा धेरै सुकुम्वासी ४० देखि ५० वर्षअघिदेखि बसोबास गर्दै आएको पनि बालेनले बताए । “यहाँको त रियल हो नि त १ ४०–५० वर्षदेखि बस्दै आउनुभएको छ,” उनले भने ।


प्रतिकृया दिनुहोस्