Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १९ गते


Advertisement

सल्यान । सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।

अटो चालक शारदा नगरपालिका ६ निबासी २५ वर्षीय अर्जुन डाँगीलाई भने कुनै चोट नलागेको र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते हुनेहरूमा सल्यान सिद्धकुमाख गाउँपालिका–२ का ३५ वर्षीय दीपक विक, शारदा नगरपालिका–११ का १९ वर्षीय रेशमबहादुर नेपाली, सिद्धकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका–९ की २३ वर्षीया संगिता विक, संगिताका ७ वर्षीय छोरा दीपक, ३ वर्षीया छोरी सृष्टि दाङको बबई गाउँपालिका–६ की २३ वर्षीया कृष्णा बुढाथोकी, उनकी ३ वर्षीया छोरी स्मृति, सिद्धकुमाख गाउँपालिका–२ की ३८ वर्षीया धनी सुनार र सोही स्थानकी ३९ वर्षीया पुष्पा सुनार रहेका छन् ।

चालकसँग सवारी चालक अनुमतिपत्र नभएको समेत प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्