Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

२ वर्षअघि कांग्रेस त्यागेका जीतेन्द्र देवले एमाले पनि छाडे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १९ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का नेता जीतेन्द्र नारायण देवले पार्टी छोडेको घोषणा गरेका छन्।

सोमबार प्रेस विज्ञप्ति जारी गरी एमाले छोडेको घोषणा गरेका हुन्। जेनजी आन्दोलनपछि पनि पार्टी सच्चाउने प्रयास नगरिएको भन्दै उनले एमाले छोड्नु परेको बताएका छन्।

जेनजी आन्दोलनको सन्दर्भ निकाल्दै देवले भनेका छन्, ‘आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशमा लाग्नुको सट्टा यसलाई विदेशी षड्यन्त्र देख्ने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सम्बद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु।’

संविधान सभा सदस्य समेत रहेका उनी पूर्व मन्त्री हुन्। दुई वर्षअघि मात्रै नेपाली कांग्रेस छोडेर एमालेमा आएका थिए ।

 


प्रतिकृया दिनुहोस्