Skip

Hamro Sanchar

सोलुका मतदातालाई प्रचण्डको आश्वासन : असीम राईलाई जिताएर पठाउनुस्, विकासमा साथ दिनेछु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १७ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्त्व राख्ने बताएका छन् ।

शनिबार (माघ १७) नेकपाको सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उनले सोलुखुम्बुमा कुन पार्टी र नेताले जित्छ भन्ने विषयलाई संसारले चासोका साथ हेर्ने जिकिर गरे ।

सोलुखुम्बुका मतदातालाई उनले नेकपाका उमेदवार असीम राईलाई तारा चुनाव चिह्नमा अत्यधिक मतसहित विजयी गराउन आग्रह गरे । असीम राईलाई जिताएर पठाएमा सोलुखुम्बुको विकासका निम्ति आवश्यक सबै काम आफूले गर्ने उनले जिकिर गरे ।

सोलुखुम्बुको विकासका निम्ति सडक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्-
सोलुखुम्बु संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखको जिल्ला । संसारले हेर्छ, संसारले चिन्छ, सोलुमा कुन पार्टीले जित्यो रु कुन नेताले जित्यो भन्ने कुराको अर्थ राष्ट्रिय रूपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि रहन्छ । तपाईंहरूको जिम्मेवारी अरू क्षेत्रको जनता र उमेदवारको भन्दा बढी छ । धेरै बढी छ, तपाईंहरूले यो महसुस गर्नुभएको होला । तपाईंहरू सबैले रेकर्ड बनाउने गरी असीम राईलाई, तारा चुनाव चिह्नलाई अत्यधिक बहुमत दिएर विजयी गरेर पठाउनुस् । असीम राईलाई तपाईंहरूले विजयी गरेर पठाएपछि असीम राईलाई के गर्नुपर्छ, म गर्नेछु । सोलुको विकासको निम्ति, तपाईंहरूको विकास निर्माण, सडक सञ्जालदेखि पर्यटनको विकासको निम्ति, पर्वतारोहणलाई व्यवस्थित गर्नेदेखि अन्तर्राष्ट्रिय रूपमा ऊर्जाशक्ति कसरी विकास गर्ने भन्नेदेखि तमाम कुराहरूमा मेरो साथ हुनेछ । तपाईं असीमलाई जिताएर पठाउनुहोस्, सोलुलाई के गर्नुपर्छ म गर्नेछु ।


प्रतिकृया दिनुहोस्