
काठमाडौं । राष्ट्रिय युवा संघको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् ।
संघको शुक्रबार बसेको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले उपाध्यक्षलाई संघको अध्यक्ष चयन गरेको हो ।
संघको गत जेठ १४ गते पोखरामा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे अध्यक्ष बनेका थिए ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा ९एमाले०का उमेदवार बनेका उनले अध्यक्ष पद छाडेका हुन् ।
अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको सपथ पनि लिए ।
एमालेका महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा थेबेले गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन्।

















