Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समाजवादको नयाँ सन्देश दिन रूकुम पूर्वबाट उम्मेदवार बनेँ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १६ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रूपमा रहेको रूकुम पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व) कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले रुकुम (पूर्व)नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएकाले आफू यहाँबाट उम्मेदवार बनेको बताए।

पूर्वी रूकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारुलगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए।

चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमासमेत परिचित रहेको उनको भनाइ छ। त्यस्तै रुकुम पूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे।

देश खासगरी जेनजी आन्दोलन भदौ २३ को र २४ को विध्वंशपछि असाधारण जटिल परिस्थितिवाट गुज्रिएको छ। राष्ट्र निकै ठूलो अफ्ठ्यारोमा छ। त्यसकारण राष्ट्रलाई एकताबद्ध गर्ने अनि आन्दोलनलाई एउटा नयाँ उचाइ दिने र देशभरी समाजवाद निर्माणको एउटा नयाँ सन्देश दिने उपयुक्त थलो कुन हुन सक्छ भन्दा हाम्रो पार्टीले र मैले रुकुम पूर्व नै त्यस्तो ठाउँ हो हुनसक्छ भनेर आएँ, उनले भने ।


प्रतिकृया दिनुहोस्