Skip

Hamro Sanchar

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् । उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् ।

आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।


प्रतिकृया दिनुहोस्