Skip

Hamro Sanchar

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल सिफारिस कांग्रेस नेता कनौडिया एमालेमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् ।

आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

अध्यक्ष ओलीबाट सदस्यता ग्रहण गर्दै आजदेखि आफू एमालेमा प्रवेश गरेको उनले बताएका छन् । उनले पछिल्लो समय कांग्रेसमा किचलो रहेको र क्षेत्र नम्बर ३ मा एमालेबाट टिकटको सुनिश्चित भएपछि सो पार्टीमा प्रवेश गरेको जानकारी दिए ।

उनले भने, ‘जिल्लामा कांग्रेसको किचलोमा फस्नुभन्दा एमाले मै रहन उचित लागकोले प्रवेश गरेको हुँ ।’ कनौडिया यसअघि लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत थिए।


प्रतिकृया दिनुहोस्