Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महेश बस्नेतको दाबी : सेटिङमा गगनलाई आधिकारिकता दिएको हो

सहाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


Advertisement

काठमाडौ‌ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको दाबी गरेका छन्।

पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै शेरबहादुर देउवाको पक्षमा एमालेको समर्थन रहेको बताएस्।

उनले भने, ‘सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले निर्णय गरेको छ। त्यो बेठिक छ भन्ने शेरबहादुर देउवाजीहरूले भन्नुभएको छ, त्यो कुरामा हाम्रो समर्थन छ।’

कांग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार भएको बताए। कांग्रेस र एमालेलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने अन्तर्राष्ट्रिय खेलमा प्रधानमन्त्री सुशीला कार्की रहेको आरोप लगाए ।


प्रतिकृया दिनुहोस्