Skip

Hamro Sanchar

विश्वप्रकाशको आग्रह : अब आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २ गते


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले निर्णय गरेको बताएका छन् ।

आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएसँगै सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्दै शर्माले नवीन कांग्रेसको शुरुवात भएको बताएका छन् ।

‘सबै अग्रज नेताहरूलाई अनुरोध गर्न चाहन्छु, विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, यसबाट नवीन कांग्रेसको शुरुवात भएको छ,’ उनले भनेका छन्, ‘अब आवेग बिर्सनुपर्छ, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’


प्रतिकृया दिनुहोस्