
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले आज (माघ २) पत्रकार सम्मेलन गर्दै छ ।
देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरिनेछ । पत्रकार सम्मेलनमा देउवा समूहका केन्द्रीय नेताहरूको उपस्थिति रहने पौडेलले जानकारी दिए ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार ९पुस ३०० राति सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापासहितको केन्द्रीय समिति निर्वाचित भएको छ ।
विशेष महाधिवेशनलाई देउवा समूहले मान्यता दिएको छैन । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन समेत दिइएपछि देउवा समूहले पत्रकार सम्मेलन गर्न लागेको हो ।
यस्तै नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादु खड्कासहितका नेता यति बेला निर्वाचन आयोग पुगेका छन् ।
देउवा नेतृत्वको समूहका नेताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आयोग पुगेका हुन् ।
खड्का माथिल्लो तलामा आयोगसँगको छलफलमा रहेका छन् । तल कार्यकर्ताको भीड छ ।
खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा. शशांक कोइराला, मीन विश्वकर्मा,नैनसिंह महरलगायत नेता त्यहाँ पुगेका हुन् ।
बिहीबार (माघ)गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो।
दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ ।

















