Skip

Hamro Sanchar

गगन थापा समूह आधिकारिकता खोज्दै आज निर्वाचन आयोग जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १ गते


काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूह बिहीबार आधिकारिकता खोज्दै निर्वाचन आयोग जाने भएको छ ।

सभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यसबारे जानकारी गराएका हुन् ।

उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए ।

थापाले निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गरे ।

उनले आफू नेतृत्वको कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको जिकिर गर्दै आफूहरूले नै वैधानिकता पाउनुपर्ने दाबी गरे ।


प्रतिकृया दिनुहोस्