Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देउवाको विकल्पमा जसलाई भए पनि म सभापति स्वीकार्न तयार थिएँ : गगन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३० गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका निष्कासित महामन्त्री गगन थापाले आगामी निर्वाचनमा परिवर्तन भएको कांग्रेसलाई लिएर जाऊँ भन्दा सभापति शेरबहादुर देउवाले नमानेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिले पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवाको सट्टा जो भए पनि परिवर्तन गरेर चुनाव जानुपर्ने माग मात्रै आफूहरू रहेको बताए ।

गगन थापालाई नै प्रधानमन्त्रीको उम्मेदवार वा सभापति बनाएर जानुपर्छ भन्ने विशेष महाधिवेशन पक्षधरको कुनै अडान नरहेको उल्लेख गर्दै उनले शेखर कोइराला वा पूर्णबहादुर खड्का वा जो सुकैलाई भए पनि अगाडि सार्दा तयार नै भएको उल्लेख गरे ।

उनले भने, ‘विशेष महाधिवेशनको हलबाट कसलाई बनाउने हो बनाऊँ भनेर भनेको हुँ । फागुन २१ गते निर्वाचनमा जाँदा कांग्रेसले भदौ २३ अघिका केही कुरा बिर्सिएर आएको छ भनेर जनतामाझ जाँदा भन्न सकियोस् भन्ने मात्रै हो । म सभापति बन्ने कुरासँग जोडिएको कुरा नै होइन । शेखर, पूर्णबहादुर जोलाई बनाए पनि हुने थियो । म त अहिले महामन्त्री छु । विश्वप्रकाश शर्मा महामन्त्री छ । हामीले चुनाव लड्छौँ भन्दै गर्दै । ६-७ ठाउँबाट चुनाव लड्न आउनुहोस् भनेका थिए । हाम्रो बारेमा चिन्ता नै होइन ।’


प्रतिकृया दिनुहोस्