Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न चुनाव भोलि हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार मात्रै चुनाव हुने भएको छ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्त्रसत्र जारी रहेको छ। बन्दसत्रमा सोमबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो।

विशेष महाधिवेशनबाट गठित केन्द्रीइ निर्वाचन समितिका संयोजक सीताराम केसीले आज नयाँ नेतृत्व चयनका लागि मतदान नहुने बताए। अब निर्वाचनको प्रक्रिया मंगलबार सुरु हुने उनले जानकारी दिए। यसअघि आजै राति ९ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो।

अहिले उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।


प्रतिकृया दिनुहोस्