Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हाम्रोसंचारका कार्यकारी निर्देशक उद्धव बन इक्यान केन्द्रिय सदस्यमा निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


Advertisement

काठमाडौं । हाम्रोसंचार डटकमका कार्यकारी निर्देशक उद्धव बन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय सदस्यमा भारी मतसहित निर्वाचित भएका छन्।

इक्यानको २० औँ साधारणसभा सोमबार काठमाडौँमा भएको थियो।

निर्वाचनमा कुल ६०० मत खसेको थियो, जसमा बनले ४१२ मत प्राप्त गर्दै विजयी भएका हुन्।

‘संस्थागत सुदृढीकरण, पेशागत मर्यादाको संरक्षण तथा इक्यानको उज्ज्वल भविष्य निर्माणका लागि मेरो उम्मेदवारी थियो । त्यसलाई देशभरबाट आउनुभएको प्रतिनिधिहरुले स्वीकार गर्नुभयो’ बनले भने ।

बनले साना, मध्यम तथा ठूला सबै प्रकारका शैक्षिक परामर्श संस्थाहरूका समस्यालाई केन्द्रीय तहसम्म पुर्‍याई समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। इक्यानलाई अझ सशक्त, व्यवस्थित र प्रभावशाली संस्थाका रूपमा विकास गर्ने उनको भनाइ छ।

विगत ६ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै आएका उनले इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन्।

यसअघि वर्तमान कार्यसमितिमा रहेर इक्यानको युके विभागमा समेत काम गरिसकेका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै बनले भने, “समस्त इक्यानियन मित्रहरूको माया, विश्वास र सहयोगले व्यावसायिक हकहितका लागि निरन्तर काम गर्ने मेरो संकल्प छ।”

यस्तै इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन् ।

यस्तो छ नवनिर्वाचित कार्यसमिति-

अध्यक्षः लक्ष्मण (एन्ड्रयु) पौडेल

उपाध्यक्षहरूः बासुदेब दाहाल, विकल्पराज पोखरेल, गीता शिवाकोटी

महासचिवः भवनाथ हुमागाई

सचिवहरूः सुरज सिलवाल, आशिक कार्की,

कोषाध्यक्षः साधना पुडासैनी

सहकोषाध्यक्षः गोविन्द खनाल

सदस्यहरूः अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सन्जीव पाण्डे, शिव प्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना


प्रतिकृया दिनुहोस्