Skip

Hamro Sanchar

गच्छदार भन्छन् : विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेलिएको बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू विशेष महाधिवेशनको विरोधी नभए पनि सबैको सहमतिमा विशेष महाधिवेशन आयोजना हुनुपर्ने पक्षमा रहेको उल्लेख गरे । अहिले पार्टी क्रिटिकल अवस्थामा पुगेको भन्दै संवाद गरेर विभाजन रोकिनुपर्नेमा जोड दिए ।

विशेष अधिवेशनको म विरोधी पनि होइन । पुसमा विशेष महधिवेशन हुनुपर्छ भनेर मंसिर २६ गतेको बैठकमा मैले आफ्नो धारणा राखेको थिएँ । विशेष महाधिवेशन पार्टीलाई मिलाएर गर्दा राम्रो हुन्थ्यो । तर, त्यस्तो भएन । यो विशेष महाधिवेशनले पार्टीलाई संकटमा पुर्‍याउनु हुँदैन । विभाजनमा पुर्‍याउनु हुँदैन, रोकिनुपर्छ, उनले भने ।

केन्द्रीय समिति बस्ने तयारी भइरहँदा विशेष महाधिवेशनले सोमबार पारित गरेको कार्यविधिअनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरु गरेको छ ।

 


प्रतिकृया दिनुहोस्