Skip

Hamro Sanchar

सुमन सायमी सहितको टिम नेकपा प्रवेश गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुमन सायमी, प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठ र केन्द्रीय सदस्यसहितको टिम नेकपा प्रवेश गर्ने भएका छन् ।

उपाध्यक्ष सायमिले भने, “राष्ट्रिय मुक्ति पार्टी क्रान्तिका लागि तयार गरेको थिएँ । जेनजी आन्दोलनपछि राजनीतिक वस्तुस्थिति धेरै परिवर्तन भएको छ । वैकल्पिक शक्ति एक ठाउँमा बस्न खोजेको हो त्यो पार्टीको विचार लाइनमा हामी बस्न सकेनौँ ।”

उनले थपे, “हाम्रो माग, मुद्दा, विचार मिल्ने हेर्दा नेकपा नै देखेँ । भोलि काठमाडौंमा हुने घोषणासभामा हामी ठूलै टिम प्रवशे गर्दै छौँ ।”

सायमीलाई नेकपाले पोलिटब्युरो सदस्यका रूपमा भित्र्याउन लागेको पनि उनले बताए ।

दुई हजार ४९९ जना केन्द्रीय कमिटी सदस्यलाई मंगलबार शपथग्रहण गराउन लागेको नेकपाले बुधबार काठमाडौंमा घोषणासभा आयोजना गर्ने जनाएको छ ।


प्रतिकृया दिनुहोस्