Skip

Hamro Sanchar

देउवा, कोइरालासहित कांग्रेस नेताहरू छलफलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २८ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित केही नेता यति बेला छलफलमा जुटेका छन् ।

काठमाडौंको महाराजगन्जस्थित देउवानिवासमा कांग्रेस नेताहरू छलफलमा जुटेका हुन् ।

विशेष महाधिवेशनले पार्टी फुटको सम्भावित दुर्घटना निम्त्याउन सक्ने भन्दै निकासका निम्ति प्रयास थालिएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

छलफलमा देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, मीनेन्द्र रिजाल, बद्री पाण्डे, जीवन परियारलगायत नेता सहभागी छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आज बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आ–आफ्नो प्रस्ताव समेत पेस गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्