
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत राजधानीको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ ।
८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो ।
यस्तै बन्दसत्रको कार्यक्रम किशोरदत्त बरालले कार्यक्रम सञ्चालन गर्नेछन् भने नारायण भट्टराईले हललाई कार्यविधि पढेर सुनाउने जानकारी दिइएको छ ।
यसअघि ओमकार प्रसाद श्रेष्ठको अध्यक्षतामा बन्दसत्र हुने भनिएपनि उनीभन्दा ज्येष्ठ सदस्य खड्का रहेको पाइएपछि उनकै अध्यक्षतामा बन्दसत्र सुरु गरिएको आयोजक समितिको भनाइ छ । खड्का काठमाडौँ–५ महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
















