Skip

Hamro Sanchar

कांग्रेस विशेष महाधिवेशन : २६ सय ६२ ले दर्ता गराए नाम, बन्दसत्र भोलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

आज काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि ९सोमबार० हुनेछ।

दोस्रो विशेष महाधिवेशन सचिवालयले विज्ञप्ति जारी गर्दै प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले नाम दर्ता गराएको जनाएको छ ।

कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।


प्रतिकृया दिनुहोस्