
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेतृत्व रक्षाका लागि कांग्रेस सक्नुभन्दा कांग्रेसको भविष्यका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् ।
विशेष महाविधेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
“दर्ता भएको तीन महिनाभित्र नियमित महाधिवेशन गरेको भए विशेष महाधिवेशन निस्कृय हुन्थ्यो । आफैँ निस्कृय हुन्छ भन्ने दम्भका कारण आज यहाँ विशेष महाधिवेशन गर्नुपर्ने भएको हो,” उनले भने, “विधानले निर्देशित गरेबमोजिम यो महाधिवेशन भइरहेको छ । कांग्रेस राजनीतिक पार्टीमात्रै होइन । बेथितिविरुद्धको अभियान पनि हो । नेतृत्वको रक्षाका लागि कांग्रेसको भविष्य सक्ने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ? ”
उनले विदेश महाधिवेशन देशलेमात्रै होइन विदेशमा रहेका र समग्र नेपालीले हेरिरहेकाले एउटा सन्देश दिन जरुरी रहेको बताए ।
“कांग्रेस बलियो बनाउनुछ फुटाउनु छैन,” उनले भने,“विशेष महाधिवेशन माग गर्दा अपमान गरेर फुटाउन लाग्यो भन्न पाइँदैन । गणितले के देखाएको छ । नैतिकताको ख्याल गर्नुपर्छ ।















