Skip

Hamro Sanchar

जर्सिङपौवा बस दुर्घटना : तीनजनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २३ गते


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३, फेदी जंगलमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा बुधबार महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार, बस सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

उनले बसमा करिब ४० जना सवार रहेको अनुमान गरिएको बताए ।


प्रतिकृया दिनुहोस्