
काठमाडौं, पुस १७- काठमाडौं जिल्लाको पूर्वी क्षेत्रमा पर्ने गोकर्नेश्वोर नगरपालिका वडा नम्बर ५, जोरपाटीमा रहेको न्युटन इन्टरनेशनल कलेजले स्नातकोत्तर तहको अध्यापन सुरु गरेको छ। उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ कलेजले स्नातकोत्तर तहमा जनसंचार र पत्रकारिता, विकास संचार (Mass communication and Journalism र Development communication) का शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको क्याम्पस प्रमुख दिपेश आचार्यले हाम्रोसंचारलाई जानकारी दिनु भयो ।
यसै शिक्षिक सत्र २०८२/०८३ का लागि स्नातकोत्तर तहमा भर्ना हुन चाहाने गोकर्नेश्वोर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिकामा बसोबास गर्ने विद्यार्थीहरूलाई स्नातकोत्तर तहमा ५० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको कलेजले जनाएको छ । यो छुट सुविधा प्राप्त गर्नका लागि विद्यार्थीले पुस मसान्तसम्म आवेदन दिईसक्नु पर्ने छ । स्थानीय विद्यार्थीलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ यो सुविधा उपलब्ध गराइएको कलेजले जनाएको छ ।
न्युटन इन्टरनेशनल कलेजले अनुभवी प्राध्यापक, आधुनिक शिक्षण विधि र आवश्यक पूर्वाधारसहित अध्यापन गराइने जनाएको छ। कलेज प्रशासनका अनुसार स्नातकोत्तर तहका कार्यक्रमहरू रोजगारमुखी र अनुसन्धान–आधारित हुनेछन्।
कलेजका अनुसार भर्ना प्रक्रिया सुरु भइसकेको छ ।
Mass communication and Journalism र Development communication पढ्न चाहाने इच्छुक विद्यार्थीलाई आवश्यक जानकारीका लागि कलेज प्रशासनसँग राख्न सक्ने छन् ।

















