Skip

Hamro Sanchar

९औं हिसान राष्ट्रिय महाधिवेशन: सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल, मतदान हुदै

सुदिप बर्देवा प्रकाशित : २०८२ पुष, १२ गते


काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को ९औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया मतदान मार्फत हुने भएको छ । सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास अन्तिम चरणमा आएर विफल भएको हो ।

अध्यक्ष पदका निम्युति युवराज शर्मा र लोक बहादुर भण्डारी उमेदवारी परेको छ । यी दुईबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै बरिष्ठ उपाध्यक्षको २ जनाको कोटामा ५ जनाको उमेद्वारी परेको छ । जीवन प्रकाश शर्मा, टंकराज आचार्य, डा. स्वागत श्रेष्ठ, भेषराज पोखरेल र बाबुराम पन्त चुनावी मैदानमा छन् ।

महासचिव पदको एउटा कोटाका निम्ति २ जनाको उमेद्वारी परेको छ । महासचिवका लागि जयराम खनाल र रामहरी सिलवाल बीच प्रतिस्पर्धा हुदै छ ।

यस्तै, ७ जनाको सचिव कोटामा ९ जनाको उमेदवारी परेको छ । जसमा अरुण कुमार भण्डारी, कृष्ण प्रसाद पौडेल, जीवन लामा गोले, पारस श्रेष्ठ, भवानी प्रसाद पौडेल, भुपेन्द्र धिताल, याम बहादुर रोका, राजेश कार्की र वलराम पन्त बीच प्रतिस्पर्धा हुने  हेको छ ।

अहिले चुनावका लागि मत पत्र छाप्ने कार्य सम्पन्न भएको छ भने, मतदान गर्नका निम्ति प्रतिनिधिहरु लाईनमा बसेका छन् ।

उल्लेखित पद बाहेक अन्य पदमा सर्वसम्मत रुपमा पदाधिकारी चयन भएका छन् ।

महाधिवेशनबाट नयाँ कार्यसमिति औपचारिक रूपमा घोषणा भएपछि आगामी कार्यकालका नीति तथा कार्यक्रम सार्वजनिक गरिने संघले जनाएको छ। सहमतिमा नेतृत्व चयन भए संगठनभित्रको एकता मजबुत हुने र हिसान अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास लिइएको छ।


प्रतिकृया दिनुहोस्