
काठमाडौं । ठूला ३ दलका शीर्ष नेताले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई आज भेट्न लागेका हुन्।
उनीहरु आफैँले राष्ट्रपतिको समय लिएर भेट्न जान लागेका हुन् । उनीहरु दिउँसो ३ बजे शीतल निवास जान लागेका हुन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्रपतिले पहिलो पटक राष्ट्रपतिलाई औपचारिक रुपमा भेट्न लागेका हुन्।
यसअघि राष्ट्रपतिले तीन ठूला दलका दोस्रो, तेस्रो तहका नेताहरुसँग भने औपचारिक छलफल गरिसकेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष नेताहरुसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताहरुले त्यसको आलोचना गर्दै आएका थिए।
राजनीतिक दलका नेताहरुसँग संवाद नै गर्न नचाहने सरकारले फागुन २१ गते चुनाव गराउन नसक्ने उनीहरुले तर्क गर्दै आएका छन् ।














