
काठमाडौं । जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ परेको छ। त्यसपछि ढुंगाना लगायत सामूहिक गिरफ्तारी दिन भन्दै काठमाडौँ जिल्ला प्रहरी परिसरतर्फ लागेका थिए।
तर, प्रहरीले उनीहरूलाई सरकारी वकिलको कार्यालयअगाडि नै रोकेर राखेको छ। उनीहरूले नाराबाजी थालेका छन्।














