Skip

Hamro Sanchar

एमाले प्रारम्भिक मतपरिणाम : ओलीले १५६ पाउँदा, पोखरेललाई ६७

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३ गते


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन्  ।


प्रतिकृया दिनुहोस्