Skip

Hamro Sanchar

दलहरुलाइ प्रधानमन्त्रीले भनिन् : निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नूस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ३ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता हुन आग्रह गरेकी छन्।

बुधबार आयोगमा दर्ता भएका दलका प्रतिनिधि सहभागी बैठकलाई सम्बोधन गर्दै कार्कीले संसद् पुर्नस्थापनाको अडान छोडेर निर्वाचनतिर लाग्न भनेकी हुन्।

उनले संसद् पुर्नस्थापनाको अडान लिनु राजनीतिक दुर्घटनालाई दोहोर‍्‍याउन खोजेको पुष्टि हुनु रहेको पनि बताइन्।

ुअब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ,ु उनले भनिन्, ुतसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ।ु

दलहरूको सहभागिता, सहयोगबिना चुनावको परिकल्पना सम्भव नहुने भन्दै उनले मंसिर १० गतेभित्र अनिवार्य रुपमा दर्ता हुन पनि भनेकी छन्।

ुलोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प होइन। तसर्थ लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि दलले जनमतको सम्मान नगरी पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहोस् भनी म विशेष आग्रह गर्दछु,ुउनले भनेकी छन्, ुलोकतन्त्रकावाहक शक्ति राजनीतिक दल नै हुन्। दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना पनि असम्भव हुन्छ। म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु— मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस्।ु

दल दर्ता नगर्ने र बहिष्कार गर्नु कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने पनि उनको भनाइ छ।

ुसमयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन, यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो। दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ,ु उनले भनिन्


प्रतिकृया दिनुहोस्