Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रतिनिधिसभा विघटनविरुद्ध अदालत र सडक सङ्घर्षमा जाने ओलीको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २ गते


Advertisement

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गरेका छन् ।

आज विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने घोषणा गरेका हुन् ।

‘एउटा कानुनी लडाई लड्छौ, दोस्रो सडक सङ्घर्ष गर्छौ’, अध्यक्ष ओलीले भने, एमालेले गर्ने सङ्घर्ष आगजनी र तोडफोड गर्ने नभई संवैधानिक,शान्तिपूर्ण र जनताको जीउधनको रक्षा गर्ने हुनेछ ।’

क्जष्खबm ऋझभलत
अध्यक्ष ओलीले अहिलेको असंवैधानिक सरकार हट्नुपर्ने र त्यसमा कुनै मुलाहिजा नहुने बताए । उनले भदौ २३ र २४ को आन्दोलन देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दुका रूपका रहेको बताए ।

ल्बदष् िदबलप
‘देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दु बनाइएको छ । यो हाम्रा लागि सैह, स्वीकार्य र मान्य हुनेछैन’, ओलीले भने, ‘यस्ता कुरामा पनि चुप लालेर बस्ने रु देशद्रोही विरुद्धका काममा पनि चुप लागेर बस्छौ भने राजनीतिक पार्टीको अस्तित्व के रु यति पनि हामी बोल्न सक्दैनौ, संविधान र लोकतन्त्रका पक्षमा उभिन सक्दैनौ भने त्यो पार्टी किन खोलेको भन्ने प्रश्न उठ्दैन रु यसर्थ हामीले दुई वटै प्रकारका कदमहरू लिन्छौ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टीले पुनर्स्थापनाका लागि निर्णय गरिसकेको भन्दै अहिलेको सरकार अस्वीकार गर्दै कानुन उपचार खोज्ने बताएका हुन् ।

‘न्याय संविधानको नजरमा । यसको संवैधानिक परीक्षण हुनुपर्छ भन्ने हामी ठान्दछौ । पुनर्स्थापनाबाहेक अर्को फैसला आउने संवैधानिक बाटो नै छैन’, ओलीले भने, ‘मैले पनि धेरै पटक संविधान पल्टाएर र हेरेँ । यो पूर्ण रूपमा असंवैधानिक छ ।’


प्रतिकृया दिनुहोस्