
काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिका-४ मा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् । तामाङले बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परे पछि पक्राउ परेका थिए ।
तामाङलाई बिहीबार दिउँसो प्रहरी प्रभाग साँखुले पक्राउ गरेको हो ।


















