Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, कर्मचारी धम्क्याउनेलाई कारबाही गर्नू  : रास्वपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २ गते


Advertisement

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको फाइदा उठाउँदै पार्टीको नाम लिएर धम्की दिनेलाई कारबाही गर्न आग्रह गरेको छ।

आज बिहान रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी आएकोभन्दै ध्यानाकर्षण भएको जनाएका छन्।

उनले यस्ता कार्यमा रास्वपाको कुनै संलग्नता नरहेको जानकारी गराए। रास्वपाले यस्ता गतिविधिमा लाग्ने जो कोही भएपनि आवश्यक छानबिन र कारवाहीका लागि अनुरोध गरेको छ ।

‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।


प्रतिकृया दिनुहोस्