
काठमाडौं । सामाजिक सञ्जाल बन्द भएको विषयमा जेनजीहरूले सडक प्रदर्शनको तयारी गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने उनीहरूले देशको कानुन बुझ्ने बताएका छन्।
पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज आइतबार सम्बोधन गर्नेक्रममा ओलीले जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी भएको बताएका हुन्।
ुकतिपयले जेनजी पुस्तालाई विद्रोह गराउने कुरा पनि गर्छन्। तर जेनजी पुस्ता देशलाई माया गर्छ। देशको कानुन बुझ्छ। जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी होु ओलीले भने।
सामाजिक सञ्जाल बन्द हुनुलाई केही बुद्धिजीवी भनिनेहरूले वाकस्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम फैलाएको ओलीको आरोप छ।
मुलुकको स्वाधिनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहको छ, ओलीले भने, कानुनको दायरामा आउन भन्दा नआएछि सञ्चालनमा रोक लगाइएको हो। तर विरोध गर्ने केही बुद्धिजीवीहरूले वाक स्वतन्त्रताको अर्थ बुझेका छैनन्।
ओलीले आफूहरू वाक स्वतन्त्रताका लागि बलिदान दिएर आएको भन्दै एमाले सामाजिक सञ्जालमाथि असहिष्णु भयो भन्ने भ्रममा नपर्न भनेका छन्।
हामी वाक स्वतन्त्राताका लागि बलिदान दिएर आएका हौं। त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए छ किरु भन्ने कसैमा भ्रम नपरोस्, उनले भने, सामाजिक सञ्जाललाई कानुन बमोजिम चल्न, दर्ता हुन र कर तिर्न एक वर्षदेखि भन्दै आएका हौँ। तर अटेरी गरिरहेका छन्।
त्यस्तै ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेपेको सहन नसक्ने पनि बताए। मलाई जति सुकै हेपियोस म हेपिन तयार छु र सहन्छु। तर देशलाई हेपेको सहन्नँ, उनले भने, देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पुर्याउन पाइँदैन।
जेनजीहरूले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोध गर्दै भोलि सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दैछन्। उनीहरूले सामाजिक सञ्जाल टिकटक तथा फेसबुकमाबाट यसबारे अभियान नै चलाएका छन् ।


















