Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निजी विद्यालय संचालकहरु विद्यालय बन्दको पुर्व निर्धारित कार्यक्रमबाट पछि हटे, भोलि संसद भवन घेराउ गर्दै

यस अघि ९ भदौमा विद्यालय बन्द हुने भन्दै अभिभावक अन्योलमा थिए

सुदिप बर्देवा प्रकाशित : २०८२ भदौ, ८ गते


Advertisement

काठमाडौं, भदौ ८- विद्यालय शिक्षा विधेयकका केहि प्रावधानहरु आफु अनुकुल नभएको भन्दै बिरोध गर्दै आएका उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) र प्रि स्कुलहरुको छाता संगठन (अपेन) द्वारा ९ भदौका लागि तय गरिएको विद्यालय बन्दको पुर्व निर्धारित कार्यक्रम स्थगित गरेको छ ।

आईतबार साझ काठमाडौंको एक होटेलमा बसेको हिसान, प्याब्सन, एन प्याब्सन र अपेनका पदाधिकारीहरुको आकस्मिक बैठकले विद्यालय बन्दको पुर्व निर्धारित कार्यक्रम रद्द गरेको हो । यस अघि भदौ ८ गते सम्म आफ्ना माग पुरा नभए ९ भदौ मा देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका थिए ।

निजी विद्यालय संचालकहरुले विद्यालय बन्दको कार्यक्रम रद्द गरेसँगै संघर्षका नयाँ कार्यक्रम गर्ने निर्णय गरेका छ । सडक संघर्ष गरिरहेका विद्यालय संचालकहरुले भोलि संसद भवन घर्ने नयाँ तालिका बनाएका छन् । बिहान ११:०० बजे माईतीघर मण्डलामा भेला भएर बबरमहल हुदै संसद भवन घर्ने निर्णय भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले हाम्रोसंचारलाई जानकारी दिए ।

उनले भने, ” हामी हाम्रा मागलाई वार्ता र संवाद बाट नै पुरा गराउन चाहान्छौ, यसकै सांकेतिक अर्थ हो विद्यालय बन्द रद्दको निर्णय । तर राज्यले हाम्रो संवेदनशीलतालाई बुझेन भने अन्ततः अहिले रद्द गरिएको कार्यक्रम गर्न बाध्य हुने छौ । बन्दको कार्यक्रम रद्द गरे पनि भोलि संसद घेराउ गर्ने निर्णय गरेका छौ ।”

राज्यले निजी विद्यालयको घाटी निमोठ्ने काम गरेको भन्दै आफ्ना माग पुरा नहुदा सम्म निरन्तर आन्दोलनमा रहने हिसान बागमती प्रदेश अध्यक्ष भवानी प्रसाद पौडेलले बताएर । उनले हाम्रोसंचारलाई भने, ” हामी माथि राज्यले पुरै निषेध गरेर जाने योजना बनाएको छ, यो देशमा निजी विद्यालयको खाचो हिजो थियो, आज पनि छ र भोलि पनि रहने छ । हामी गर वा मारको अवस्थामा छौ, हामीले फेरिपनि निजी विद्यालयलाई जोगाउनु छ । यो आन्दोलन यसैका निम्ति हो ।”

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्नेलगायतका माग उनीहरूले राखेका छन्।

कार्यक्रममा पुर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, तथा हिसानका पुर्व अध्यक्ष उमेश श्रेष्ठ पनि उपस्थित थिए । यस अघि ९ भदौमा विद्यालय बन्द हुने भन्दै अभिभावक अन्योलमा थिए ।


प्रतिकृया दिनुहोस्