Skip

Hamro Sanchar

कागेश्वरी मनोहराको गोठाटारमा १५ महिने बालिका बलात्कृत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ४ गते


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ घर भएका गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

पीडित बालिका उनकी २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्थिन् । गोठाटारमा बस्दै आएका गोलेले ती बालिकालाई आफ्नो डेरामा लगेर भदौ २ मा जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । आरोपी विरुद्ध अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्