Skip

Hamro Sanchar

बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल ठोकिँदा २ युवकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २ गते


काठमाडौं । काठमाडौँको बुढानिलकण्ठमा गएराति स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

दुर्घटनामा सिराहाको जम्दह-४ निवासी २९ वर्षीय भोला थापा र नाम ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय युवक छन्।

उनीहरूको उपचारको क्रममा त्रिवि शिक्षण अस्ताल महाराजगञ्जमा मृत्यु भएको हो।


प्रतिकृया दिनुहोस्