Skip

Hamro Sanchar

भारतीय विदेश सचिव मिश्रीले भेटे माओवादी अध्यक्ष प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १ गते


काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

दुईदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट वार्ता गरेका हुन् ।

भेटमा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै भेटवार्ता गरेका छन् ।


प्रतिकृया दिनुहोस्